
काठमाडौं, १२ चैत । महोक्तरीको बर्दिबासबाट हिँडेका मिटरब्याज पीडितहरु काठमाडौं आइपुगेका छन् ।
बर्दिबासदेखि पैदलयात्रा गरेर ८५ जना पीडित ११औं दिनमा काठमाडौं आइपुगेका हुन् ।
आफ्ना मागहरु सरकारले नसुनेपछि प्रधानमन्त्री समक्ष माग सुनाउन भन्दै उनीहरूले ११ दिनअघि महोत्तरीदेखि पैदल यात्रा सुरु गरेका थिए ।
उनीहरुले तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनु पर्ने, पीडितविरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने लगायका माग राखेका छन् ।















प्रतिक्रिया