
काठमाडौं, १२ चैत । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरीले दाबी पेश गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) सहित ६ दलले एमालेका मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकारलाई दिएका समर्थन फिर्ता लिएलगत्तै चौधरीले दाबी पेश गरेका हुन् ।
आज बिहान मात्रै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले उनलाई दिएको समर्थन फिर्ता लिएका थिए।
संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलको समर्थन जुटाएर चौधरीले आइतबार मुख्यमन्त्री दाबी गरेका हुन्।
















प्रतिक्रिया