२ कार्तिक २०८३, सोमबार

६ दलले छोडे मुख्यमन्त्री गिरीको साथ, सरकार अल्पमतमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । ६ दलले लुम्बिनी प्रदेश सरकारबाट आफ्नो समर्थन फिर्ता लिएका छन् ।

नेकपा (माओवादी केन्द्र), जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

६ दलबाट संसदीय दलका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई समर्थन फिर्ताको पत्र बुझाएका हुन् । समर्थन फिर्ता लिनेमा एक जना स्वतन्त्र सांसद पनि छन् ।

६ दलसहित एक स्वतन्त्र सांसदले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री गिरीको सरकार अल्पमतमा परेको छ ।