२ कार्तिक २०८३, सोमबार

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा रोक

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियाका एक पाइलटसहित चालकदलका सदस्यहरुलाई कारबाही गरेको छ ।

शुक्रबार सिमरामाथि १९ हजार फिट उचाइमा होल्डिङमा रहेको एयर इन्डियाको विमानलाई ३७ सय फिट तल झारेपछि पाइलटसहित चालकदललाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको हो ।

यस्तै प्राधिकरणले घटनामा संलग्नलाई कारबाही गर्न भारतीय नागरिक उड्डयन कार्यालय (डीजीसीए इन्डिया) लाई पत्राचार गर्ने तयारी पनि गरेको छ ।

भारतको नागरिक उड्डयन कार्यालयले कारबाही फकुवा नगरूञ्जेल उडानमा प्रतिबन्ध लगाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।