
काठमाडौं, १२ चैत । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले यो सरकारले समृद्वि दिन नसक्ने बताएका छन् ।
सुर्खेतमा पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको अवस्थामा समृद्वि अपेक्षा गर्न नसक्ने बताएका हुन् ।
अहिले सत्ता गठबन्धनको तमासा जनताले हेरिरहेको उनले बताए ।
‘हामी सुन्दैछौं ठूलो संख्यामा उपप्रधानमन्त्री दाबी भइरहेको छ । जनताले गठबन्धनको तमासा हेरिहेका छन् ,’ पौडेलले भने ।
सरकार बिस्तार गर्न नपाउँदै प्रधानमन्त्री समस्यामा परेका पौडेलको धारणा छ ।















प्रतिक्रिया