३० कार्तिक २०८३, सोमबार

मकवानपुरमा एक महिलाद्वारा आफ्नै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मकवानपुर, १२ चैत । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ छापकी एकजना महिलाले आफ्नै शरिरमा डिजेल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेकी छिन् ।

शनिबार साँझ स्थानीय ३३ वर्षीय दिपक डिमडुङको श्रीमती ३३ वर्षीया सुमिना डिमडुङकले घरयासी विवादको क्रममा घरमा राखिएको एक बोतल डिजेल आफ्नो शरिरमा छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगो लगाएर घाइते भएकी सुमिनालाई उपचारको लागी किर्तिपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । आगोले उनको दाहिने खुट्टा र चिउडोमा चोट लागेको प्रहरीले जनाएको छ ।