१ मंसिर २०८३, मंगलबार

राप्तीमा पौडी खेल्दा बेपत्ता भएका युवक मृत फेला

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १२ चैत । चितवन भरतपुर महानगरपालिका-२७ स्तिथ राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जना मृत फेला परेका छन् ।

शुक्रबार दिउँसो राप्तीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बर्दियाको बारबर्दिया नगरपालिका-९ घर भई चितवन भरतपुर महानगर-२७ स्थित राईनो होटलको कन्सट्रक्सनमा काम गर्ने १९ वर्षीय राजेश चौधरी शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

पौडी खेल्ने क्रममा उनीसँगै सोही कन्सट्रक्सनमा काम गर्ने १९ वर्षीय सुन्दर चौधरी बेपत्ता भएका थिए । सुन्दरको सकुसल उद्दार गरिएको थियो भने राजेश डुबेर बेपत्ता भएका थिए ।

राजेशको शव शनिबार अपरान्ह १२ बजे फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।