३० कार्तिक २०८३, सोमबार

उपनिर्वाचनः दल दर्ता गर्न आज अन्तिम दिन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आजसम्म दल दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले उपनिर्वाचनका लागि चैत ८ गते देखि चैत १२ गते (आज) कार्यालय समयसम्मका लागि समय दिएको हो ।

आयोगले तनहुँ-१ र बारा-२ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि समय दिएको हो । चितवन-२ मा हुने उपनिर्वाचनका लागि भने आयोगले यसअघि नै दल दर्ता गरेको थियो ।

तनहुँ-१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।

यसैगरी चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो ।

आयोगको निर्वाचन कार्यतालिका अनुसार चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।