
काभ्रे, ११ चैत । काभ्रे जिल्लामा स्थापित लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर ३२५ आइको शनिबार चौथौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
क्लबका संस्थापक अध्यक्ष ई. लायन रामकुमार बस्नेतको प्रमुख आतिथ्यता र २०२२/२३ का अध्यक्ष डायमण्ड थापाको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले २०२३/२४ का लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको अध्यक्षमा लायन रामप्रसाद ढकाल चयन भएका छन् । यस्तै, पहिलो उपाध्यक्षमा लायन दिल्लीराज आचार्य, दोस्रो उपाध्यक्षमा लायन बिपशना शाक्य, सचिवमा लायन नवराज अधिकारी, कोषाध्यक्षमा कमल प्रसाद कुईंकेल, एलसीआइएफ कोअर्डिनेटरमा डायमण्ड थापा, मेम्बर चियरपर्सनमा एमजेएफ लायन पुष्प लाल तामाङ, सहसचिवमा लायन लक्ष्मी मोक्तान तामाङ, क्लब एडमिनिस्ट्रेटरमा लायन रचना मोक्तान तामाङ, सर्भिस चियरपर्सनमा एमजेएफ लायन प्रतिक्षा दोङ सर्वसम्मत चयन भएका छन् ।
सोही अवसरमा पनौतीस्थित श्री प्राणनाथ माइती वृद्धा आश्रममा करिब ४३ जना वृद्व वृद्वाका लागि नगदसहित चामल, चिनि, तेल, दाल, नुन, आटाको पिठो लगायत खाद्य सामग्रीसमेत वितरण गरिएको छ ।
















प्रतिक्रिया