३० आश्विन २०८३, शुक्रबार

कालिकोटमा ९० वर्षीय सेजुवालले लिए एमालेको सदस्यता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालिकोट, ११ चैत । कालिकोटमा ९० वर्षीय एक वृद्धाले नेकपा एमालेको सदस्यता लिएका छन् ।

पार्टीले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरूट’ अभियानअन्तर्गत जिल्लाको पचालझरना गाँपालिका–४ का ९० वर्षीय जयसिंह सेजुवालले एमालेको सदस्यता लिएका हुन् ।

वि.स. १९८९ साल जेठ १० गते जन्मिएका सेजुवालले एमालेले वृद्ववृद्वालगायत सबै दु:खी गरिबलाई भत्ता दिनाका साथै विकास समेत दिएकाले एमालेको सदस्यता लिन आवेदन दिएको बताए ।

यस्तै, सोही वडाका ६९ वर्षीय बिर्खबहादुर सेजुवालले पहिलो पार्टी सदस्यता नवीकरण गराएका छन् ।

सञ्चालनसँगै नेकपा एमालेप्रति आम नागरिकको आकर्षण बढेको छ । अभियानले युवादेखि पाको पुस्तालाई समेत समेटिरहेको छ ।