२ कार्तिक २०८३, सोमबार

सोमबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

शनिबार पार्टी कार्यालयमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा माओवादी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् ।

प्रचण्डले आइतबार साँझसम्म मन्त्रालय बाँडफाँडको बिषयलाई टुंग्याउने र सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी बैठकमा गराएका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

प्रधानमन्त्रीले सबै दलसंग छलफल गरिसकेका र आइतबार गठबन्धन बैठकमा मन्त्रीहरुको नाम प्रस्ताव हुने पौडेलले जानकारी दिए ।

बैठकमा संसदलाई प्रभावकारी बनाउने, संक्रमणकालीन न्यायसंग सम्बन्धीत विधेयकलाई टुंग्याउन अन्य दलहरुसंग छलफल गर्ने निर्णय भएको उनले जानकारी दिए ।