२८ आश्विन २०८३, बुधबार

अवैध शरणार्थीलाई रोक्न अमेरिकाले क्यानडासँग गर्‍यो नयाँ सम्झौता

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । अवैध शरणार्थीलाई रोक्न अमेरिकाले क्यानडासँग नयाँ सम्झौता गरेको छ ।

उनीहरुले सीमानामा रहेका अनौपचारिक ओहोरदोहोर विन्दु बन्द गर्ने निर्णय गरेका छन् ।

सीमाना जोडिएको क्यानडाबाट पनि अमेरिकामा शरणार्थीहरुको ओइरो लाग्न थालेका कारण दुई देशबीच आज मध्यरातीबाट लागू हुने गरी नयाँ सम्झौता भएको बताइएको छ ।

अबदेखि क्यानडाबाट जान खोज्नेलाई औपचारिक नाकाबाट प्रक्रिया पुर्याएर मात्रै अमेरिका प्रवेश गर्न दिइनेछ ।

यसअघि रोक्सहम सडक हुँदै धेरै आप्रवासी क्यानडाबाट अमेरिका छिरेका थिए ।

गत वर्ष उक्त सडक हुँदै ४० हजार आप्रवासी अमेरिका प्रवेश गरेका थिए ।

जबकी क्यानडाले दक्षिण र मध्य अमेरिकी मुलुकहरुबाट उत्पीडन र हिंसामा परेका १५ हजार आप्रवासीलाई शरणार्थीको दर्जा दिने कार्यक्रम नै लागु गरेको छ ।