३० कार्तिक २०८३, सोमबार

दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने मन्त्री श्रेष्ठको दाबी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ११ चैत । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अबको दुई दिनभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने दाबी गरेका छन् ।

शनिबार ललितपुरमा भएको ललितपुर चेम्बर अफ कर्मशको तेश्रो वार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले सरकार विस्तारका सम्वन्धमा सत्ता साझेदार दलबीच वार्ता चलिरहेको हुँदा अबको दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए ।

उनले मूलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको बताउँदै सरकार सकारात्मक हस्तक्षेप गर्ने सोचमा रहेको बताए । अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सम्बन्धित संस्था, निकायसँग आवश्यक परामर्श भइरहेकोले प्रभावकारी ढंगले कदम चालिने उनको भनाइ थियो ।

उनले भने ‘मुलुकको अर्थतन्त्रको अवस्था सामान्य छैन् । तर, हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुपर्छ । यस विषयमा सरकार गम्भिर छ । एक–दुई भित्रै मन्त्रिपरिषद्को विस्तारले पूर्णता पाउँछ । त्यसपछि सम्वन्धित सबै संस्था, निकाय र व्यक्तिसँग परामर्श गर्नेछौं । प्रभावकारी ढंगले कदम चाल्ने गरी अगाडि बढ्नेछौं । यस विषयमा सरकार गम्भिर छ ।’  उनले तत्काल सरकारको एकमुस्ट उद्देश्य भनेकै सामाजिक न्याय सहितको समृद्धि हासिल गर्नु रहेको  बताए ।