२८ आश्विन २०८३, बुधबार

नेपालमा आईटी पढ्नेको संख्या करीब ४६ हजार

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । नेपालमा करीब ४६ हजारले सूचना प्रविधि (आईटी) सम्बन्धी शैक्षिक कार्यक्रम पढिरहेको तथ्याङ्क बाहिरिएको छ ।

राष्ट्रिय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ प्रतिवेदन अनुसार नेपालमा हाल कुल ४५ हजार ८८० जना विद्यार्थीले १२ कक्षाभन्दा माथिको शैक्षिक स्तरमा कम्प्युटिङ तथा सूचना प्रविधिलाई मुख्य विषय बनाएर पढिरहेका छन् ।

यसरी पढ्नेमा ३४ हजार ८०२ छात्र र ११ हजार ७८ जना छात्रा छन् । यसअन्तर्गत ४० हजार ८०२ जना सहर क्षेत्रबाट छन् भने पाँच हजार ७८ जना ग्रामीण क्षेत्रका छन् ।