
काठमाडौं, ११ चैत । काठमाडौं महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन आग्रह गरेको छ ।
महानगरले आज एक सूचना जारी गर्दै नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन आग्रह गरेको हो ।
एक साताभित्र नदी किनारका अनधिकृत संरचना नहटाए महानगरले ती संरचना भत्काउने र त्यसको खर्च सम्बन्धित व्यक्तिबाट उठाउने सूचनामा उल्लेख छ । यसअघि पनि सूचना निकालेर अनधिकृत संरचना हटाउन भनिएको महानगरपालिकाले स्मरण गराएको छ ।
महानगरभित्रको बागमती, बिष्णुमती लगायत नदी किनारमा अनधिकृत संरचनाहरू बनेका छन् ।













प्रतिक्रिया