३० कार्तिक २०८३, सोमबार

धनुषामा दुई ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । धनुषामा दुई ट्रक एकापसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

शनिबार बिहान धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १. ०१–००१ख. ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ना.६ ख ६५७८ नम्बरको ट्रकमा सवार २ जना र प्रदेश १. ०१–००१ख. ९२९२ नम्बरको ट्रकमा सवार एकजना गरी ३ जनाको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताएका छन् ।

घाइतेलाई ढल्केवर हस्पिटलमा उपचारको लागि पठाइएको र उनीहरुको पहिचान खुल्न नसकेको पनि प्रहरीको भनाइ छ ।