३० कार्तिक २०८३, सोमबार

रिटर्नी फेडेरेसनको महाधिवेशन आजबाट, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । नेकपा (एमाले)को कान्छो जनसंगठनको रुपमा स्थापना भएको ‘रिटर्नी फेडेरेसन नेपाल’को प्रथम राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

काठमाडौंको धुम्बाराहीमा सुरु हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनमा देशभरका ४ सय प्रतिनिधि सहभागि हुने फेडेरेसनका जेपी सापकोटाले जानकारी दिए ।

१६ पुस २०७८ मा चन्द्रबहादुर रोकायाको अध्यक्षतामा १९ सदस्यीय तदर्थ कमिटी गठन गरेको यस संगठनले हालसम्म ५ वटा प्रदेश कमिटी, ५४ जिल्ला कमिटी र विभिन्न पालिका कमिटीको अधिवेशन सम्पन्न गरिसकेको छ ।

आज र भोलि हुने महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने बताइएको छ । रिटर्नी फेडेरेसनले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसाय गरी स्वदेश फर्जेकाहरुलाई संगठित गर्दै आएको छ ।