
काठमाडौं, १० चैत । नेकपा एमालेले सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’अन्तर्गत काठमाडौंलगायत देशका विभिन्न स्थानमा कार्यक्रमहरू भइरहेका छन् ।
यसैबीच आज जिल्ला कमिटी झापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा अध्यक्ष ओलीले मिसन ग्रासरुट अभियान आगामी चुनावलाई लक्षित गरिएकाले सबै नेता तथा कार्यकर्ताहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
उनले पार्टीभित्र एकले अर्कोको खुट्टा तानेर नभइ पार्टी काम गरेर गतिशील बनाई अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी एकढिक्का भइ प्रतिस्पर्धामा उत्रिएको अवस्थामा नेकपा एमालेले बहुमत प्राप्त गर्ने उनको भनाइ छ ।
झापा
मिसन ग्रासरुट अभियानअन्तर्गत नेकपा एमाले जिल्ला कमिटी झापाले आज अभियानको मध्यावधि समीक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता र जिल्ला कमिटी झापाका अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा झापाको बिर्तामोडमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा जिल्ला अध्यक्ष कार्की, उपाध्यक्ष प्रेम गिरी, केन्द्रीय तहबाट खटिनुभएका नेताहरू तथा सहजकर्ताले मिसन ग्रासरुट अभियानमा भइरहेको पार्टी गतिविधिबारे रिपोर्टिङ गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनबाट एमाले बहुमतसहित सत्तामा जाने तयारी गरिरहेको बताउँदै एकले अर्कोको खुट्टा तानेर नभइ पार्टी काम गरेर गतिशील बनाई अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

स्थानीय ठाउँमा आन्तरिक समस्यालाई छलफल र संवादमार्फत हल गर्दै मिसन ग्रासरुट अभियानमार्फत जनताले विश्वास र भरोसा गरेको पार्टी बनाउनुपर्ने उहाँको भनाइ छ । सिद्धान्तसँगै एमालेका कार्यकर्ताको बोली, व्यवहार र सालिनता हुनुपर्ने अध्यक्ष ओलीले बताउनुभएको छ ।
गोरखा
मिसन ग्रासरूट अभियानअन्तर्गत गोरखा जिल्लाका ९४ मध्ये ४० वटा वडामा वडा कमिटीको बैठक सम्पन्न भएको छ । यस्तै ११ मध्ये १० पालिका कमिटीको बैठक बसेर अभियान सञ्चालनको कार्ययोजना बनाइएको एमाले जिल्ला कमिटी सचिव काजीराम रोकाले जानकारी दिनुभयो ।
गोरखा नगरपालिकाको १४ मध्ये ११ वडा, पालुङटार नगरपालिकाको १० वटै वडा, अजिरकोट गाऊँपालिकाको ५ वटै वडा, भिमसेनथापा गाऊँपालिकाको २, शहिद लखन गाऊँपालिकाको ५, वारपाक सुलिकोट गाऊँपालिकाको ३, गण्डकी गाऊँपालिकाको ४ तथा सिरानचोक गाऊँपालिकामा वडा कमिटीको कार्यक्रम सम्पन्न भइसकेका छन् ।
गोरखामा फागुन १४ गते नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङसहित अभियानमा खटिनुभएका केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका अध्यक्षसहितका पदाधिकारीको उपस्थितिमा जिल्ला कमिटी सचिवालय बैठक बसेर अभियानको सुरुवात गरिएको थियो । त्यसयता विभिन्न पालिका र वडाहरूमा बैठक, भेला तथा जनभेटघाट कार्यक्रमलाई निरन्तरता दिइएको जिल्ला कमिटि सचिव रोकाले जानकारी दिनुभयो ।
पाल्पा
मिसन ग्रासरूट अभियानअन्तर्गत पाल्पाको तानसेन नगरपालिका, वडा नम्बर ४, ५, ६, ७ र १२ को टोलहरूको संयुक्त प्रशिक्षण एवं योजना निर्माण कार्यक्रम लोहुङ्गमा सम्पन्न भएको छ । पार्टी पोलिट्ब्यूरो सदस्य खिमलाल भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

ग्रासरुट अभियानले तय गरेका सदस्यता नवीकरण र विस्तार, प्रवेश, सम्मान लगायत कमिटी निर्माण र परिचालनका योजना बनाउदै कार्यक्रम सम्पन्न भएको हो । पोलिट्ब्यूरो सदस्य भट्टराई, देवी वस्याल, तेज रसाइली र गुराँस आत्रेय लगायत नेताहरूले प्रशिक्षण दिनुभएको थियो ।
महोत्तरी
मिसन ग्रासरूट अभियानअन्तर्गत महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ३ र ९ मा कार्यक्रम सम्पन्न भएको छ । पार्टी पोलिट्ब्यूरो सदस्य जुलिकुमारी महतोको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा राजनीतिक तथा अभियानकाबारेमा स्थानीय नेता कार्यकर्तासँग छलफल तथा अन्तक्रिया गरिएको थियो । कार्यक्रममा अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएकाहरूलाई स्वागतसमेत गरिएको थियो ।
जुम्ला
मिनस ग्रासरूट अभियानअन्तर्गत जुम्लााको चन्दननाथ र तातोपानी गाउँपालिकामा शुक्रबार एकैदिन पाँचवटा कार्यक्रम सम्पन्न भएका छन् । चन्दनाथ नगरपालिका–३ बुत्थबाडामा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणका बारेमा भइरहेको प्रगतिका छलफल साथै हालसम्म सदस्यता नवीकरण हुन नसकेका टोलहरूका लागि जिल्ला कमिटी सदस्यहरूलाई जिम्मा दिएर चैत १५ गतेभित्र सम्पुर्ण विवरण जिल्लामा पेश गर्ने निर्णय भएको छ ।

यस्तै, अखिल नेपाल महिला संघ, जिल्ला कमिटी जुम्लाको सचिवालयको विस्तारित बैठक पार्टी कार्यालय खलंगामा सम्पन्न भयो । बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले महिला सदस्यता बृद्धिका लागि मिसन ग्रासरुटमा संघले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । संघका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य मेनका रेग्मीको अध्यक्षतामा आयोजित बैठकमा संघका केन्द्रीय सदस्यद्वय शान्ता शाही र मेनका पछाईलगायतले बोलुभएको थियो । ग्रासरूटअन्तर्गत नै पेशागत महासंघ नेपालको तातोपानी गाउँपािलका प्रथम अधिवेशन पनि शुक्रबार सम्पन्न भयो । सम्मेलनले लोकराज शाहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

महासंघका जिल्ला अध्यक्ष खडगप्रसाद चौलागाईको अध्यक्षताा आयोजित उद्घाटन समारोहमा केन्द्रीय सदस्य विष्णु रिजाल र दक्षिणा शाही, जिल्ला अध्यक्ष शान्तिलाल महत, प्रदेश सदस्य गोर्ख बुढा, प्रदेश प्रतिनिधि आदिप्रसाद न्यौपाने, जिल्ला उपाध्यक्ष सुरतबहादुर शाही, महासंघका केन्द्रीय सदस्य मनप्रसाद खत्री, प्रदेश अध्यक्ष शिव पाण्डेलगायतले बोल्नुभएको थियो । यस्तै, चन्दननाथ नगरपालिकका १० वटै वडामा भइरहेको सदस्यता नवीकरण र विस्तारका बारेमा नगरभित्रका जिल्ला कमिटीका सदस्य तथा नगरपदाधिकारीहरूसँग पार्टी कार्यालयमा छलफल सम्पन्न भएको छ ।
आजै जुम्ला बहुमुखी क्याम्पसमा हालै सम्पन्न स्ववियु निर्वाचनका बारेमा विद्यार्थीहरूसँग छलफल भयो । विजय प्राप्त गर्ने तीनजनालाई बधाई दिनुका साथै घेराबन्दीका बीचमा संगठनको सशक्त उपस्थिति देखाउनका लागि उम्मेदवार बन्ने, खट्ने र मत दिने सबैलाई केन्द्रीय सदस्य विष्णु रिजाल र जिल्ला अध्यक्ष शान्तिलाल महतले धन्यवाद ज्ञापन गर्नुभयो ।
तनहुँ
मिसन ग्रासरुट अभियानअन्तर्गत तनहुँको नेकपा एमाले व्यास नगर कमिटी सचिवालयको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य विद्या भट्टराईको प्रमुख आतिथ्यता र नगर कमिटी सचिवालयका अध्यक्ष तुल्सीराम पाण्डेको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा हालसम्म भएका कामको समीक्षा र अभियानलाई थप गति दिन साथै आगामी वैशाख १० गते हुने उप– निर्वाचनलाई मध्यनजर गर्दै महत्वपूर्ण योजनाहरू तय गरेको हो । बैठकमा प्रदेश सचिवालय सदस्यद्वय केदार सिग्देल, बिष्णु भक्त सिग्देल, प्रदेश सदस्य देवीबहादुर वस्नेत, जिल्ला उपाध्यक्ष हरिराज कणँेल, जिल्ला सचिव राजेश्वर ढकाल, उपसचिव प्रदीप अधिकारी लगायत नेताहरू सहभागी हुनुहुन्थयो ।
रामेछाप
नेकपा एमालेको पार्टी विस्तार तथा सुदृढीकरण अभियान मिसन ग्रासरूट अभियानअन्तर्गत रामेछापको दोरम्बा – शैलुङ गाउँपालिका वडा नम्बर–३ टोकरपुरमा नेकपा (एमाले) को कार्यकर्ता भेला सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य कपिल पोखरेलको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

दोरम्बा शैलुङ वडा नं ३ मा सातवटै टोलमा कमिटीहरू गठन भइसकेका छन् भने सदस्यता नवीकरणको प्रक्रिया जारी छ । भेलाले २० गतेभित्र जनवर्गिय संगठनहरू गठन गरिसक्ने र जनसरोकारका मुद्दामा गृहकार्य गरिने कार्ययोजना बनाएको छ । भेलामा केन्द्रीय सदस्य पोखरेल, प्रदेश कमिटी सदस्य प्रेम तामाङ, जिल्ला कमिटी उपसचिव प्रकाश कार्की, जिल्ला कमिटी सदस्यहरू मिलन घिसिङ् र सुभद्रा पाठकले प्रशिक्षणात्मक मन्तब्य दिनुभएको थियो ।
रसुवा
पार्टी सुदढीकरण एवम् विस्तार अभियान मिसन ग्रासरूटअन्तर्गत रसुवाको आमाछोदिन्मों गाऊँपालिका वार्ड न ४ गोल्जुङ मा नेकपा एमाले वडा कमिटीको बैठक सम्पन्न भएको छ । अभियानका लागि केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका पार्टी केन्द्रीय सदस्य रेशम लामाको प्रमुख आतिथ्यता र कमिटीका अध्यक्ष वीरेन्द्र घले तामाङको अध्यक्षतमा बैठक सम्पन्न भएको हो ।

बैठकले टोलस्तरमा टोल कमिटी निर्माण गर्ने, सदस्यता नवीकरणलाई तीव्रताका साथ अगाडि बढाउने, नयाँ सदस्यता विस्तार, जनसङ्गठनहरूको संयुक्त भेला–प्रशिक्षण लगायतका कार्ययोजना निर्माण गरेको छ । बैठकले माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गर्नुभएका दाबी छिरिङ तामाङ र नयाँ शक्तिबाट एमाले प्रवेश गर्नुभएका कर्म घलेलाई स्वागतसमेत गरिएको थियो ।
सुनसरी
पार्टी विस्तार तथा सुदृढीकरण अभियान मिसन ग्रासरूटअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा नेकपा एमाले वडा कमिटीको बैठक सम्पन्न भएको छ । केन्द्रीय प्रतिनिधि अञ्जु चौधरीको प्रमुख अतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा केन्द्रीय सल्लाहकार सदस्य गणेश गुरागाई, प्रदेश कमिटी सचिवालय सदस्य मुरारी सुवेदी, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य कृष्णप्रसाद भट्टराई लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो । बैठकले टोलतहको कार्यक्षेत्र छनौट तथा सदस्यहरू निधन भएका, पहिचान नखुलेका, सरुवा भएका र चासो कम भएका सदस्यहरूको पहिचान गरी छुट्याएर सबै सदस्यसँग भेटेर नवीकरण गरी सबै प्रकारका कमिटीहरू पुनर्गठन गर्ने योजना निर्धारण गरेको छ ।
चितवन
मिसन ग्रासरूट अभियानअन्तर्गत चितवनको माडी नगरपालिका वडा नम्बर ८ मा टोल कमिटी गठन गरिएको छ । मैयाँ सापकोटाको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा पार्वती काफ्ले, सचिव निलम श्रेष्ठ हुनुहुन्छ भने ११ जना सदस्य चयन हुनुभएको छ । कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य राजाराम रेग्मी, प्रदेश सल्लाहाकार सदस्य पूर्णभद्र पनेरू, जिल्ला लेखा आयोग सदस्य शिभजि गायक लगायत नेताहरूको सहभागीता थियो ।
रामेछाप
यसैबीच, मिसन ग्रासरूट अभियानअन्तर्गत रामेछापको मन्थली नगरपालिकामा पहिलो चरणको कार्यक्रम सम्पन्न भएका छन् । पार्टीमा नियमित व्यवस्थित र अनिवार्य प्रशिक्षणको व्यवस्था गरी पार्टी र जनसंगठनका सबै तहका कमिटीलाई सुदृढ र विस्तार गर्ने उद्देश्य सहित सञ्चालित दुई महिने अभियान अन्तर्गत पालिका र वडा स्तरको भेला तथा बैठक सम्पन्न भएको नेकपा एमाले मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरेले जानकारी दिनुभयो । सो क्रममा पालिका कमिटी र १४ वटै वडा कमिटीको भेला तथा बैठक सकिएको उहाँले जानकारी दिनुभयो ।

पहिलो चरणको कार्यक्रम सकिएसँगै दोस्रो चरणको कार्यक्रम अन्तर्गत प्रशिक्षण तथा पार्टी सदस्यहरूको भेला आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो । १४ वटै वडामा कार्यक्रम गर्ने तालिका तयार भएको उहाँले बताउनुभयो । दोस्रो चरणको कार्यक्रममा वडा कमिटीको पुनर्गठन, जिम्मेवारी प्रदान, सचिवालय गठन गर्ने र विधान अनुसार वडा कमिटीको बैठक नियमित बस्ने र सक्रिय रहने निर्णय गर्ने र साबिक गाविस हुँदा रहेका वडालाई टोल हुने गरी प्रत्येक टोल कमिटीलाई पार्टीको विधान अनुसार गठन पुनर्गठन गरी सक्रिय र क्रियाशील बनाउने उहाँले बताउनुभयो ।
यसैगरी राष्ट्रिय युवा संघ नेपालको वडा कमिटी गठन र पुनर्गठन गरी सक्रिय बनाउने, नगर अधिवेशनको लागी दुई महिला सहित पाँच जना प्रतिनिधि छनोट गर्ने, पार्टीको निर्णय अनुसार विषय वस्तु सहित प्रशिक्षणको वक्ता तोक्ने र प्रशिक्षण सञ्चालन गर्ने कार्य योजना तयार भएको पनि घिमिरेको भनाइ छ ।
उदयपुर
मिसन ग्रासरूट अभियानअन्तर्गत लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ३ मा कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष इन्द्र बहादुर कटुवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कोशी प्रदेश सदस्य पदम राई, सुर्य डाँगी, लिम्चुङ्ग्बुङ्ग गाँपालिका इन्चार्ज डीग बहादुर राउत, अध्यक्ष भलराज राई लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
मिनस ग्रासरूट अभियानअन्तर्गत जुम्लााको चन्दननाथ र तातोपानी गाउँपालिकामा शुक्रबार एकैदिन पाँचवटा कार्यक्रम सम्पन्न भएका छन् । चन्दनाथ नगरपालिका–३ बुत्थबाडामा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणका बारेमा भइरहेको प्रगतिका छलफल साथै हालसम्म सदस्यता नवीकरण हुन नसकेका टोलहरूका लागि जिल्ला कमिटी सदस्यहरूलाई जिम्मा दिएर चैत १५ गतेभित्र सम्पुर्ण विवरण जिल्लामा पेश गर्ने निर्णय भएको छ ।
यस्तै, अखिल नेपाल महिला संघ, जिल्ला कमिटी जुम्लाको सचिवालयको विस्तारित बैठक पार्टी कार्यालय खलंगामा सम्पन्न भयो । बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले महिला सदस्यता बृद्धिका लागि मिसन ग्रासरुटमा संघले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । संघका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य मेनका रेग्मीको अध्यक्षतामा आयोजित बैठकमा संघका केन्द्रीय सदस्यद्वय शान्ता शाही र मेनका पछाईलगायतले बोलुभएको थियो । ग्रासरूटअन्तर्गत नै पेशागत महासंघ नेपालको तातोपानी गाउँपािलका प्रथम अधिवेशन पनि शुक्रबार सम्पन्न भयो ।

सम्मेलनले लोकराज शाहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । महासंघका जिल्ला अध्यक्ष खडगप्रसाद चौलागाईको अध्यक्षताा आयोजित उद्घाटन समारोहमा केन्द्रीय सदस्य विष्णु रिजाल र दक्षिणा शाही, जिल्ला अध्यक्ष शान्तिलाल महत, प्रदेश सदस्य गोर्ख बुढा, प्रदेश प्रतिनिधि आदिप्रसाद न्यौपाने, जिल्ला उपाध्यक्ष सुरतबहादुर शाही, महासंघका केन्द्रीय सदस्य मनप्रसाद खत्री, प्रदेश अध्यक्ष शिव पाण्डेलगायतले बोल्नुभएको थियो । यस्तै, चन्दननाथ नगरपालिकका १० वटै वडामा भइरहेको सदस्यता नवीकरण र विस्तारका बारेमा नगरभित्रका जिल्ला कमिटीका सदस्य तथा नगरपदाधिकारीहरूसँग पार्टी कार्यालयमा छलफल सम्पन्न भएको छ ।
आजै जुम्ला बहुमुखी क्याम्पसमा हालै सम्पन्न स्ववियु निर्वाचनका बारेमा विद्यार्थीहरूसँग छलफल भयो । विजय प्राप्त गर्ने तीनजनालाई बधाई दिनुका साथै घेराबन्दीका बीचमा संगठनको सशक्त उपस्थिति देखाउनका लागि उम्मेदवार बन्ने, खट्ने र मत दिने सबैलाई केन्द्रीय सदस्य विष्णु रिजाल र जिल्ला अध्यक्ष शान्तिलाल महतले धन्यवाद ज्ञापन गर्नुभयो ।















प्रतिक्रिया