३० आश्विन २०८३, शुक्रबार

एमाले सचिव अर्यालद्वारा लोकगायक लम्सालप्रति श्रद्धाञ्जली अर्पण

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, १० चैत । नेकपा एमालेकी सचिव एवम् पूर्वमन्त्री पद्मा अर्यालले लोकगायक राजेन्द्र लम्सालप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छिन् ।

लम्सालको निधन भएको आठौं दिनमा उनको घरमै गएर अर्यालले मृतात्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी हुन् ।

स्वर्गीय लोकगायक लम्साल स्याङ्जाको छोरा र राष्ट्रको सम्पत्ति भएको उनले बताएकी छिन् ।

स्वर्गीय लम्साल चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’का बुबा हुन् । स्पेनमा बस्दै आएका ६० वर्षीय राजेन्द्रको गत फागुन २३ गते सोमबार स्पेनमै निधन भएको थियो ।

राजेन्द्रको ‘जापान टोकियो’ गीतले निकै लोकप्रियता कमाएको थियो । उनका दर्जनौं गीत ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शीरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’लगायत चर्चित छन् ।