काठमाडौं, १० चैत । नेकपा (एमाले) बागमती सरकारबाट बाहिरिएको छ ।
शुक्रबारको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिएको बताएका हुन् ।
मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई विश्वासको मत नदिने निर्णय गर्दै एमाले सरकारबाट बाहिरिएको हो ।
मुख्यमन्त्री जमरकट्टेलेले आज विश्वासको मत लिँदैछन् । एमालेबाट मन्त्री बनेकाहरुले आजै मुख्यमन्त्री शालिकराम जमरकट्टेल समक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।















प्रतिक्रिया