शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

अमेरिकामा मृत्यु भएका समाजसेवी कृष्ण लामिछानेको घटना शंकास्पद (भिडिओसहित)

दैनिक नेपाल २०७९ चैत १० गते १४:०४

काठमाडौं, १० चैत । अमेरिकाको टेक्ससस्थित आफ्नै घरमा मृत फेला परेका समाजसेवी कृष्ण लामिछानेको घटना शंकास्पद देखिएको छ ।

लामिछाने गत मंगलबार आफ्नै घरमा मृत फेला परेका थिए । अमेरिकामा रहेका नेपाली मात्रै नभइ नेपालमा पनि आपत विपत् पर्दा अहोरात्र खटिने लामिछानेको घटना शंकास्पद देखिएको भन्दै अमेरिकामा रहेका नेपाली साथै नेपालबाटै पनि आफन्तहरूले छानबिनको माग गर्दै आएका छन् ।

लामिछाने र उनकी श्रीमतीबीच लामो समयदेखि सम्बन्ध राम्रो नरहेको निकटस्थहरु बताउँछन् । यसैबीच, लामिछानेकी श्रीमतीले लामिछानेलाई मार्नेसम्मको धम्की दिँदै कुटपिटसमेत गरेको अडिओ सार्वजनिक भएको छ । उनले फोनमा देवरसंग कुरा गर्दै लामिछानेलाई मानसिक र शारिरीक यातना दिएको प्रष्टै सुन्न सकिन्छ ।

उनले फोनमै नुन खोर्सानी हालेर झुण्ड्याउनुपर्ने भन्दै धम्की दिइरहेकी सुन्न सकिन्छ । अडिओको अन्त्यमा श्रीमतीले लामिछानेमाथि कुटपिट गरेको सुन्न सकिन्छ ।

अडियोमा लामिछानेकी छोरीको पनि अडियो सुनिएको छ ।

यसैबीच उनको मृत्यु अघिका दुईवटा तस्वीर पनि सार्वजनिक भएका छन् । जसमा उनको अनुहारमा निलडाम देख्न सकिन्छ । जसले गर्दा यो घटनालाई झनै शंकास्पद बनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित