२ कार्तिक २०८३, सोमबार

कुञ्जनाको बिलौना– इन्बक्समा नग्न तस्वीरहरु आइरहेका छन, अब सहने शक्ति छैन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । चितवनस्थित गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णको अभियानमा जुटेका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र उनकी श्रीमती कुञ्जना घिमिरे ‘सुन्तली’ पछिल्लो समय तनावको अवस्थाबाट गुज्रिरहेका छन् ।

रंगशाला निर्माणको कार्य निरन्तर अगाडि बढाउन नसकेपछि अलपत्र परेको रंगशालाको विषयलाई लिएर उनीहरू तनावमा परेका हुन् । धुर्मुस सुन्तलीलाई कतिपयले करोडौँ भ्रष्टाचार गरेको आरोपसमेत लगाइरहेका छन् ।

केही दिनअघि धुर्मुसले भिडियो सन्देशमार्फत निर्माणको जिम्मा लिन सरकारलाई अनुरोध गरेको केही दिनमै सुन्तलीले आफू मानसिक यातनाले विक्षिप्त बनेको बताएकी छन् ।

सामाजिक सञ्जालमा लेख्दै सुन्तलीले आफू मानसिक तनाबबाट गुज्रिरहेको बताएकी हुन् ।

‘अबको हरेक वार्ता खुलेआम रङ्गशालाको मैदानमा गरियोस् नाकि बन्द कोठामा।मलाई मेरो ईन्बक्समा नग्न तस्विरहरु पठाउन सुरुवात भएको छ, बिभिन्न तुझ्छ गालीको बर्सात भैईरहेको छ।म पनि मान्छे हु, धेरै मन दुखेको छ राज्य र राष्ट्र संग। धुर्मुस जि ले केहि समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरुका गाली गलौज सहदै आए र आज म मानसिक यातनाले बिछिप्त भएको छु ।अब सुन्ने र सहने शक्ति छैन म मा, कि मलाई सफाई देउ कि सजाय१ तर जे गर्छौ छिटो गर,’ उनले लेखेकी छिन् ।