
काठमाडौं, १० चैत । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणनाको नतिजा सार्वजनिक गरेका हुन् ।
१२औँ राष्ट्रिय जनगणनाको अन्तिम नतिजाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो।
अन्तिम नतिजामा २७ हजार ९०२ कम भएको हो । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ ।
नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या करिब ६ लाख ५० हजार बढी छ । अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ।
सार्वजनिक नतिजाअनुसार मधेस र बागमती प्रदेशमा मात्रै २१ प्रतिशत अर्थात करिब ६१ लाख जनसंख्या रहेको छ ।















प्रतिक्रिया