
काठमाडौं, ९ चैत । त्रिचन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।
त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा गत चैत पाँच गते निर्वाचन गर्नुपर्ने भएपनि स्थगित भएकोमा अर्को मिति आज (बिहीबार) का लागि तोकिएको थियो ।
तर, आज पनि निर्वाचन हुन नसकेपछि निर्वाचन अनिश्चितकालसम्मका लागि स्थगित गरिएको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।
बिहीबारको निर्वाचनका लागि अन्तिम मतदाता नामावलीसमेत प्रकाशित भइसकेकामा विभिन्न विद्यार्थी संगठनले विरोध जनाउँदै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन स्थगित गरिएको हो ।
विद्यार्थी संगठनहरुलाई छलफलका लागि बोलाउँदासमेत उपस्थित नभएको र विद्यार्थीहरुको परीक्षासमेत सुरु हुन लागेकाले तत्कालका लागि निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख सुनिल अधिकारीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
















प्रतिक्रिया