
कपिलवस्तु, ९ चैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् मोर्चा संयन्त्रका संयोजक भानुभक्त ढकालले वाम आन्दोलनको मूल नेतृत्व एमालेबाट मात्र सम्भव रहेको बताएका छन् ।
एक महिना भन्दा धेरै समयदेखि पार्टीले सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’अन्र्तगत कपिलवस्तु नगरपालिकाको नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा आज उनले अन्य वामपन्थी राजनीतिक दल नेपाली कांग्रेसका सहयोगी पार्टीका रुपमा मात्र काम गरेको चर्चा गर्दै नेपाली वामपन्थी आन्दोलनको नेतृत्व एमालेको विकल्प नरहेको बताएका हुन् ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्ने काम एमालेबाट मात्र सम्भव रहेको बताउँदै ढकालले सामुहिक ढंगले सेवा भावबाट राजनीतिक आन्दोलनमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह पनि गरेका छन् । नेकपा एमाले विगतको एमाले नभई नेकपाको निरन्तरताको नेकपा एमाले रहेको उनले स्पष्ट पारेका छन् ।















प्रतिक्रिया