२८ आश्विन २०८३, बुधबार

श्रीमानको कुटाइबाट स्याङ्जाकी कमलाको मृत्यु

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत ।  स्याङ्जामा श्रीमानले कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको छ ।

माघ २२ गते श्रीमान लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशव राज न्यौपाने मिलेर कमलामाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा निधन भएको हो ।

कुटपिटबाट बेहोस भएकी उनलाई १५ घण्टापछि गाउँलेले थाहा पाएर उपचारका लागि अस्पताल लगेका थिए ।

कमलाको पोखरामा सामान्य उपचारपछि नर्भिक अस्पताल लगिएको थियो ।

कुटपिटमा संलग्न दुवै जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी मुद्दा चलाइसकेको छ ।

जिल्ला अदालत स्याङ्जाले जेठाजु केशवराजलाई ३ चैतमा दुई लाख धरौटीमा छोडेको छ भने श्रीमान् लक्ष्मी प्रसादलाई पुर्पक्षका लागि जिल्ला कारागार पठाएको छ ।