
काठमाडौं, ९ चैत । काठमाडौं महानगरपालिकाले यही चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।
आज बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले काठमाडौंमा आयोजना हुने न्यायिक समिति राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको जनाएको हो ।
सम्मेलनमा सबै पालिकाका न्यायिक समितिका संयोजक वा सदस्य मध्येबाट एक–एक जना गरि ४५० वटा पालिकाबाट सहभागीता हुने महानगरकी उपप्रमुख सुनीता डंगोलले जानकारी दिइन् ।
स्थानीय विवाद निरुपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त भएका सफलता, भोगेका समस्या र चूनौतीसम्बन्धी अनुभव सिकाई र भोगाई आदान प्रदान गर्न सम्मेलनको आयोजना गर्न लागिएको उपप्रमुख डंगोलको भनाइ छ ।















प्रतिक्रिया