
काठमाडौं, ९ चैत । जगदम्बा जीतपुरसिमरा गोल्डकपको १३ औं संस्करण आज बिहीबारबाट सुरू हुँदैछ।
सिमरा रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नवजनजागृती युवा क्लब सिमरा र केबीए ग्लोबल भरतपुर फुटबल क्लब चितवनबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा पाँच ए डिभीजन क्लबसहित १० टिमको सहभागिता छ ।
प्रतियोगितामा साविक विजेता न्युरोड टिम एनआरटी एपीएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लब, बिएफसी चितवन, मकवानपुर ११ हेटौंडा, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड क्लब र आयोजक नवजनजागृती युवा क्लब सहभागि छन् ।
प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल वा स्कुटर, प्रतियोगिता अवधिभरी उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कारतर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २० हजार रूपैयाँ प्राप्त गर्ने छन् ।
आयोजकले यस वर्ष पनि उदयीमान स्थानीय खेलाडीलाई १५ हजार रूपयाँले पुरस्कृत गर्ने भएको छ । यहि चैत्त १८ गतेसम्म प्रतियोगिता संचालन हुने भएको छ ।













प्रतिक्रिया