२ कार्तिक २०८३, सोमबार

काठमाडौं महानगरको सबै सेवा अब काठमाडौं प्लाजाबाट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजाबाट सेवाग्राहीलाई सेवा दिने भएको छ । त्यसका लागि काठमाडौं महानगरले काठमाडौं प्लाजा भाडामा लिएको छ ।

महानगरपालिका र नेपाल ट्रष्टबीच बुधबार भाडा सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबारमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

महानगरपालिकाले प्लाजा १० वर्षको लागि भाडामा लिएको हो । प्लाजा भाडामा लिएर कार्यालय सञ्चालनमा आएसँगै काठमाडौं महानगरका सबै कार्यालयहरु एकै ठाउँमा रहने छन् ।

यसअघि कार्यालयको अभावमा छुट्टा छुट्टै स्थानमा कार्यालय सञ्चालन हुँदै आएको थियो ।