३० कार्तिक २०८३, सोमबार

रिटर्नी फेडेरेसन नेपालको महाधिवेशन तयारी पूरा, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । रिटर्नी फेडेरेसन नेपालले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फेडेरेसनले यही चैत ११ र १२ गते हुने प्रथम राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

काठमाण्डौंको धुम्बाराहीमा हुने महाधिवेशनका लागि हालसम्म ५ वटा प्रदेश कमिटी, ५४ जिल्ला कमिटी विभिन्न पालिका कमिटीको अधिवेशन सम्पन्न भएको फेडेरेसनले जनाएको छ ।

चन्द्र महादुर रोकाहाको अध्यक्षतामा १९ सदस्यीय तदर्थ कमिटी गठन गरिएको जानकारी दिदैँ रिटर्नी फेडेरेसन नेपालका प्रमुख जेपी सापकोटाले भने ‘रिटर्नी फेडेरेसन नेपालले यही चैत ११ र १२ गते प्रथम राष्ट्रिय महाधिवेशन काठमाण्डौंको धुम्बाराहीमा सम्पन्न गर्नको लागि आवश्यक तयारी पूरा गरेको छ । पौष १६, २०७८ मा चन्द्र महादुर रोकाहाको अध्यक्षतामा १९ सदस्यीय तदर्थ कमिटी गठन गरेको यस संगठनले हालसम्म ५ वटा प्रदेश कमिटी, ५४ जिल्ला कमिटी विभिन्न पालिका कमिटीको अधिवेशन सम्पन्न गरिसकेको छ ।’

देशभरिका ४ सय प्रतिनिधिको उपस्थितिमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत ११ गते महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

जनसंगठनको रूपमा रहेको फेडेरेसनले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसाय गरी स्वदेश फर्जेकाहरुलाई संगठित गर्दै आएको छ । विभिन्न कारणले विदेशमा पुगेका नेपालीहरुले त्यहाँ आर्जन गरेका ज्ञान, पुजिँ, सिप र जागरलाई उत्पादनसँग जोडेर दिगो अर्थतन्त्र विकास गर्न जरुरी भएको उनको भनाइ छ ।