२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीविरूद्व नाराबाजी गर्नेहरुमाथि अभद्र व्यवहारमा मुद्दा दायर

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्द नाराबाजी गर्ने युवाहरुविरुद्व प्रहरीले अभद्र व्यवहारमा मुद्दा दायर गरेको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले उनीहरूविरुद्द अभद्र व्यवहारमा मुद्दा दर्ता गरेर जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ ।

मंगलबार नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा ती युवाले प्रधानमन्त्रीविरुद्द नाराबाजी गरेका थिए।

पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा छन्।