२ कार्तिक २०८३, सोमबार

व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन: शेखर कोइराला

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले फोन ट्याप गर्ने व्यवस्था स्वीकार्य नहुने बताएका छन् ।

सरकारले जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने व्यवस्थासहितको कानुन ल्याउन लागेपछि कोइरालाले विरोध गरेका हुन् ।

कुनै पनि बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य नहुने कोइरालाले बताएका छन् ।

लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैनु, उनले भनेका छन्, ‘विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ,’।

विगतमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ०७६ को साउनमा पनि नागरिकको गोपनीयता सरकारको निगरानी र नियन्त्रणमा रहनेगरी विधेयकको मस्यौदा तयार गरिएको थियो ।

तत्कालीन प्रतिपक्षी कांग्रेसलगायतका राजनीतिक दल र नागरिक समाजबाट चर्को विरोध भएपछि विधेयक रोकिएको थियो ।