२९ आश्विन २०८३, बिहिबार

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजना सुरु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुका लागि सामाजिक सुरक्षा योजनाको सुरु गरिएको छ ।

बुधवार बिहान सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित सामाजिक सुरक्षा योजना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गरेका हुन्।

वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा छातामा ल्याउन कोषले कार्यविधि बनाइसकेको छ ।

श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृती नवीकरण गर्ने बेला र नवीकरण गर्ने बेला नभएकाहरु पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत सहभागी हुन सकिने बताइएको छ।

कोषका अनुसार त्यसका लागि हरेक महिना २ हजार २ रुपैयाँ बुझाउनुपर्छ। यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ। सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइने छ। खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको कोषले बताएको छ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आवद्ध भइसकेका छन्।