
काठमाडौं, ८ चैत । नेकपा एमालेले बागमती सरकारबाट बाहिरिने तयारी गरेको छ ।
सरकारमा रहेका चार जना मन्त्रीहरुले आजै सरकार छोड्ने तयारी गरेका हुन् ।
आज मुख्यमन्त्री शालिकराम जमरकट्टेलले संसदबाट विश्वासको मत लिन लागेसँगै एमाले सरकारबाट बाहिरिन लागेको हो ।
आजै संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने निर्णय गर्ने एमालेको तयारी छ ।















प्रतिक्रिया