
काठमाडौं, ८ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले न्यायिक हत्या, जघन्य अपराधलाई उन्मुक्ति दिने गरी ल्याउन लागिएको विधेयक रोकिनुपर्ने बताएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् । थापाले उक्त विधेयक पारित गर्न सघाउने सबै अपराधीका मतियार ठहरिने टिप्पणी गरेका छन् ।
थापाले भनेका छन्ः
-गैर न्यायिक हत्या,जघन्य अपराधलाई उन्मुक्ति दिने गरी ल्याउन लागिएको विधेयक रोकिनुपर्छ।यो विधेयक पारित गर्न सघाउने सबै अपराधीका मतियार ठहरिने छन्,
-अयोग्य लडाकुको नाममा पार्टी कार्यकर्तालाई राज्यकोषबाट पैसा बाड्नु भ्रष्टाचार हो,ब्रम्हलुट हो।
सत्तासाझेदार कंग्रेस के हेरी रहेको छ?
















प्रतिक्रिया