३ कार्तिक २०८३, मंगलबार

क्षमताभन्दा बढी सामान बोक्ने जहाजका चालकसहित सात जना निलम्बित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजका चालक दलसहित सात जनालाई निलम्बन गरेको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सोमबार ताप्लेजुङबाट काठमाडौं उडान भरेको निगमको नाइन एन एबीटी विमानमा लोड सिटमा भन्दा एक सय पाँच केजी बढी सामान बोकेको पाइएपछि उनीहरूलाई काम गर्न रोक लगाइएको छ । उक्त विमानले क्षमताभन्दा बढी सामान बोकेको र पुरुष यात्रुलाई महिला यात्रुका रूपमा यात्रा गराएको पनि पाइएकाले कारबाही गरिएको प्रवक्ता निरौलाले बताए ।

जहाजले क्षमताभन्दा बढी सामान बोकेको सूचना पाएपछि प्राधिकरणले जाँच गर्दा कागजमा देखाइएको भन्दा बढी तौल भेटिएपछि उडान अनुशासन पालना नगरेकाले जहाजका चालकदलसहित ग्राउण्डेड गरिएको प्राधिकरणले उल्लेख गरेको छ । प्राधिकरणले चालक दलका तीन जना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई निलम्बन गरेको हो । घटनाबारे आवश्यक छानबिन गरिने प्राधिकरणले जनाएको छ ।