
काठमाडौं, ७ चैत । एमालेले एक महिनादेखि सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ लिएर गाउँ–गाउँमा पुगेका नेताहरूले जनताको विश्वास र भरोसा नेकपा एमालेप्रति नै रहेको पाएको बताएका छन् ।
अभियानअन्तर्गत सञ्चालित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन गाउँ र टोलसम्म पुगेका नेताहरूले देशको नेतृत्व एमालेले गरोस् भन्ने आशय व्यक्त गरेको बताएका हुन् । एमाले सरकारका पालामा विभिन्न दीर्घकालीन महत्वका र जनजीवीका तथा मजदुरको क्षेत्रमा राम्रा राम्रा काम भएको भन्दै उनीहरूले देशको नेतृत्वमा पुन: एमाले देख्न चाहेको बताएका छन् ।
लमजुङ
मिसन ग्रासरूट अभियानअन्तर्गत नेकपा एमाले लमजुङ जिल्ला कमिटीको सचिवालय बैठक बेसीशहरमा सम्पन्न भएको छ । बैठकले ग्रासरुट अभियानको मध्यावधि समीक्षासहित आगामी कार्ययोजना निर्माणसमेत गरेको छ ।
केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यता र एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा उपाध्यक्ष ज्ञवालीसहित अभियानका लागि केन्द्रीय प्रतिनिधिसमेत रहनुभएका पोलिटव्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य सम्झना देवकोटा, गण्डकी प्रदेश सचिवालय सदस्य महेन्द्रलाल श्रेष्ठले बैठकलाई मार्गनिर्देशन गर्नुभएको थियो ।
बैठकमा अहिलेसम्म जिल्लामा सञ्चालन भएको मिसन ग्रासरुट अभियानको बारेमा छलफल तथा अन्तरक्रिया भएको थियो । अभियानअन्तर्गत जिल्ला, पालिका र अधिकांश वडाको कमिटीको बैठक सम्पन्न हुनुको साथै, जनप्रतिधिसँग भेला, विभाग र जनसङ्गठनको बैठक सम्पन्न हुनाका साथै गाउँ टोलसम्म पुर्याइएको बैठकमा जानकारी दिइएको छ ।
अभियान लिएर गाउँ टोलमा पुग्दा आम नागरिकको एमालेप्रतिको विश्वास र भरोसा झनै बढेको, एमालेमा प्रवेशको लहर चलेको र अझै एकताबद्व र सुदृढ भएर अघि बढने अठोट रहेको नेकपा एमाले लमजुङका सचिव शुभाष पौडेलले बताउनुभयो ।
बैठकले बेसीशहर, मध्यनेपाल नगरपालिका र दोर्दी गाउँपालिकाको बैठक चैत १२ गते, दुधपोखरी गाउँपालिकाको चैत ९ गते, राइनास नगरपालिकाको चैत १३ गते, सुन्दरबजार नगरपालिकाको चैत १६ गते पालिकास्तरमै बैठक तय गरिएको छ । मस्र्याङ्दी र क्ब्होलासोंथरको बैठक भने तय गर्न बाँकी रहेको छ ।
काठमाडौं
नेकपा एमालेले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरूलाई निर्देशन दिएको छ । पार्टीका उपमहासचिव विष्णु रिमालले जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिकास्तरीय कमिटीहरूलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

मिसन ग्रासरुट अभियानअन्तर्गत आज उपत्यका विशेष प्रदेश कमिटीले तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासल, ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चैतको २० गतेदेखि २५ गतेसम्म पाँच दिन पालिकास्तरीय कमिटीहरूले जनसरोकारका विषयमा रिर्पोटिङ गर्ने र २५ गतेदेखि ३० गतेसम्म जिल्लाले उक्त विषयको रिर्पोट बनाउनुपर्ने जानकारी दिनुभएको हो ।
यसअन्तर्गत एमालेले सम्बन्धित क्षेत्रको पहिचान, पेशा र व्यवसायको अवस्था तथा पहिचान, भौतिक पूर्वाधारको अवस्था, किसानहरूले भोगिरहनुभएका समस्यालगायत धेरै विषयहरूमा तथ्य र तथ्याङ्क संकलन गर्ने भएको छ ।
काठमाडौं
मिसन ग्रासरुट अभियान अन्तर्गत उपत्यका विशेष प्रदेश कमिटीले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा पार्टीका उपमहासचिव विष्णु रिमालले विशेष प्रदेश अन्तर्गतका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिनुभयो ।

प्रशिक्षणका क्रममा उहाँले मुलुक आर्थिकरूपमा सङ्कटमा रहेको र कर्मचारीलाई तलब खुवाउन पनि ओभरड्राफ्ट र आन्तरिक ऋण उठाउनुपर्ने अवस्थामा सरकार पुगिसकेकाले मुलुकलाई जोगाउन एमालेलाई बलियो शक्ति बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । नीति, विचार र संगठन बलियो हुँदाहुँदै पनि आगामी निर्वाचनमा बहुमत प्राप्त गर्न एमालेलाई अझ सुदृढ बनाउनुपर्ने उहाँको विचार छ ।
कार्यक्रममा पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटीकी इञ्चार्ज सुजिता शाक्यले उपत्यका विशेष प्रदेशको कामका बारेमा दिशानिर्देश गर्नुभएको थियो भने प्रदेश कमिटीका उपाध्यक्ष विदुर कार्कीले प्रदेश कमिटीको अवस्था र प्रशिक्षणका बारेमा प्रकाश पार्नुभएको थियो ।
उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएकी केन्द्रीय सदस्य बीना श्रेष्ठ र अजय क्रान्ति शाक्यलगायत उपत्यका विशेष प्रदेश कमिटी अन्तर्गत चारवटा जिल्ला कमिटी र अन्तर्गतका इलाका कमिटीमा आबद्ध पार्टीका सदस्यहरूको सहभागिता थियो । कार्यक्रममा प्रदेश कमिटीकी उपसचिव उर्मिला सुनुवारले स्वागत गर्नुभएको थियो भने उपसचिव चन्द्र रिजालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
मोरङ
नेकपा एमालेले सुरु गरेको पार्टी विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत मोरङ जिल्ला कमिटीको समीक्षा बैठक सम्पन्न भएको छ । जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा पार्टी केन्द्रीय सचिव तथा कोशी प्रदेशका अनुगमन प्रमुख टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा कोशी इन्चार्ज राजेन्द्र गौतमको अतिथ्यता र बाबुराम कार्कीको अध्यक्षतामा समीक्षा बैठक सम्पन्न भएको हो ।

बैठकमा केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधिसमेत रहेका नेकपा एमाले कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपाने, सचिब चिन्तन पाठक, पालिका कमिटीका अध्यक्षहरूको उपस्थिति रहेको थियो । पालिका अध्यक्षहरूले ग्रासरूट अभियानको रिपोर्ट गर्नु भएको थियो । सचिव रायमाझी, केन्द्रीय सदस्य न्यौपाने, जितु गौतम, राजेन्द्र गौतम लगायत नेताहरूले र्बैठकमा मन्तव्य राख्नुभएको थियो ।
कैलाली
नेकपा एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत नेपाल उद्योग तथा व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटीको विस्तारित बैठक तथा भेला धनगढीमा सम्पन्न भएको छ । पार्टी सचिव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यता र महासङ्घका प्रदेश अध्यक्ष वीरबहादुर साउदको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै सचिव भट्टले जनसंगठन बलियो भए पार्टी बलियो हुने बताउनुभयो । पार्टीको नीति विचार र कार्यक्रम जनताकाबीचमा लैजानका लागि पनि जनसंगठनको भूमिका रहने उहाँको धारणा छ । ब्यवसायीको समस्या समाधान गर्न नेकपा (एमाले) सक्रिय हुने सचिव भट्टले बताउनुभयो ।
भेलामा स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले ब्यवसायीका समस्या समाधानका लागि उनीहरूको आन्दोलनमा पार्टीले साथ दिने बताउनुभयो । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले पार्टीका सबै जनसंगठनले वर्गीय मुद्दामा जोडिन आवश्यक रहेको धारणा राख्नुभयो ।
स्याङ्जा
मिसन ग्रासरुट अभियान अन्तर्गत नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी स्याङ्जाले ५८औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी स्याङ्जाले गरेको ‘अन्तरजातीय विवाहित जोडी सम्मान कार्यक्रम’ आयोजना गरेको छ ।

पार्टी सचिव पद्मा कुमारी अर्यालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गरेका ८१ जोडीलाई सम्मान गरिएको छ । कार्यक्रममा सचिव अर्यालले समाजमा अहिले चलिरहेको जातीय मुक्ति आन्दोलन वर्गीय मुक्ति आन्दोलनको अभिन्न अङ्ग भएको बताइन् ।

कार्यक्रममा एमालेका केन्द्रीय सल्लाहकार सदस्य टेकु नेपाली, जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे, प्रदेश उपाध्यक्ष मोहन रेग्मी, प्रदेश सदस्य धनमाया विक, जिल्ला सदस्य महेश पुरी, तिलक विक, सुवास खाती, दीपक विक, मेख प्रमेश, कमला मरासिनी, शान्तिदेवी गौतम, ओम खड्कालगायतका नेताहरूको उपस्थिति थियो ।
जुम्ला
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलले विगतको चुनावमा पॉच दल मिल्दा पनि हाराहारीमा आएको नेकपा एमाले अबको निर्वाचनमा जतिसुकै दल मिले पनि बहुमत प्राप्त दल बन्ने बताउनुभएको छ । मिसन ग्रासरुट अभियानअन्तर्गत जुम्लाको तिला गाउँपालिकास्तरीय भेलालाई सम्बोधन गर्दै कँडेलले त्यसका लागि अहिलेदेखि नै अहोरात्र खट्न कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

वामपन्थी एजेन्डा र सहयात्री छाडेर माओवादी दक्षिणपन्थमा हिंडिरहेको उल्लेख गर्दै उहाँले कुनै बेला कम्युनिष्टमाथि झुटा आरोप लगाउने कांग्रेस आज माओवादीको वैशाखीबिना उभिन नसक्ने अवस्थामा पुगेको धारणा व्इक्त गर्नुभयो । आफ्नो नेतृत्वको अवसरवादी चरित्रका बारेमा माओवादीका इमानदार नेता–कार्यकर्ताले अब गम्भीर भएर सोच्नुपर्ने उहाँले बताउनुभयो ।
भेलालाई सम्बोधन गर्दै जुम्लाका लागि केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा (एमाले) का लागि सरकारमा जानु वा नजानु प्रधान विषय नभएको उल्लेख गर्दै कांग्रेस र माओवादीका कारण देश पछाडि धकेलिएको चिन्ता आफूहरूलाई रहेको बताउनुभयो । दक्षिणपन्थी र उग्रवामपन्थीबीचको अप्राकृतिक गठबन्धनले जनताको समृद्धिको सपनामाथि तुषारापात भएको उहाँको भनाइ छ ।

गाउँपालिका कमिटीका अध्यक्ष धनसिंह बुढाको अध्यक्षतामा आयोजित भेलामा केन्द्रीय सदस्यद्वय नगेन्द्र शाही (नेशनल) र दक्षिणा शाही, जिल्ला अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्य धीरेन्द्रराज गिरी र गोर्ख बुढा, जिल्ला उपाध्यक्ष सुरतबहादुर शाहीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएका काँग्रेस जिल्ला कार्य समिति सदस्य कृष्णकान्त चौलागाईंलगायतलाई एमाले प्रवेश गर्नुभएकाहरूलाई कँडेलले स्वागत गर्नुभएको थियो ।
दाङ
नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सामाजिक सेवासहित मिसन ग्रासरुट अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अभियानअन्तर्गत दाङको घोराही नगर कमिटीले आयोजना गरेको कार्यक्रममा गिरीले सीमित स्रोत साधनकाबीच समेत लुम्बिनी प्रदेश समृद्घिको मार्गमा अगाडि बढेको बताउनुभयो ।

नगर कमिटी अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा मुख्यमन्त्री गिरीले साधन स्रोतको अभाव भए पनि नागरिकको सहयोगबाट प्रदेशलाई समृद्घिको मार्गमा अघि बढाउन सकिएको बताउनुभयो । मुख्यमन्त्री गिरीले नेकपा (एमाले) ले विगतमा गरेका कार्यहरूबाट नै जनताप्रति आकर्षण बढिरहेको धारणा राख्नुभयो । उहाँले जनताको आकर्षणलाई नेता कार्यकर्ताबाट विकासमा कार्यमा अग्रसरता दिलाउनुपर्ने धारणा राख्नुभयो । अभियानका क्रममा पार्टी कार्यकर्ताहरू गोलबद्ध मात्रै नभई सामाजिक कार्यहरूमासमेत अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सचिवालय सदस्य एवम् तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले अभियानका क्रममा पुराना नेता कार्यकर्ताहरूलाई सम्मान गर्ने कामको सुरुवात भएको बताउनुभयो । कार्यक्रममा मिसन ग्रासरुटमा जिल्लाबाट खटिनुभएका नेताहरूले हालसम्म गरिएका कामको विवरण प्रस्तुत गर्नुभएको थियोे ।
कास्की
मिसन ग्रासरूट अभियानअन्तर्गत कास्कीको पोखरा महागरपालिका वडा नम्बर १२ मा नेकपा एमाले वडा कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य मायानाथ आधिकारीको प्रमुख आतिथ्यता र वडा कमिटीका अध्यक्ष बलराम ढुङानाको अध्यक्षता बैठक बसेको हो ।

बैठकले मिसन ग्रासरुट अभियानको कार्ययोजना बनाएको छ भने अभियानको उद्देश्य, आवश्यकता र योजनाकोबारेमा प्रशिक्षणसमेत दिइएको थियो ।
नवलपुर

नेकपा एमाले मिसन ग्रासरुट अभियानअन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिकाको वडा नम्बर ४ कमिटी विस्तारित बैठक सम्पन्न भएको छ । केन्द्रीय सदस्य जमीन्द्रमान घलेको प्रमुख आतिथ्यतामा अर्खलामा बैठक सम्पन्न भएको हो । बैठकले विभिन्न निर्णयहरूसमेत गरेको छ ।
बागलुङ
नेकपा एमालेले सुरु गरेको मिसन ग्रासरूट अभियान बागलुङका सबै वडा तहसम्म सञ्चालन भइरहेको छ । अभियान वडामा पुग्दा पार्टी कार्यकर्ताहरूमा उत्साह देखिएको छ । केन्द्र, प्रदेश, जिल्ला र पालिका कमिटीको अभिमुखीकरणपछि वडा तहमा केन्द्रित भएको अभियानले पार्टी सदस्यहरूमा नयाँ उत्साह थपेको प्रदेश कमिटी सचिवालय सदस्य लिला रानाले बताउनुभयो ।

पार्टी सबै तहका सरकारमा प्रतिपक्षमा रहने अवस्था आउँदासमेत कार्यकर्ताले अर्को दलको कार्यकर्ता आकर्षण गरिरहेको रानाको धारणा रहेको छ । केही दिनअघि बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा ठुलो संख्यामा युवाहरू एमालेमा प्रवेश गर्नुभएको छ । आफ्नो सदस्यता आफैं उपस्थित भएर नवीकरण गर्नुपर्ने बाध्यकारी प्रावधानले कार्यकर्ताका लागि थप उत्साह थपेको उहाँले बताउनुभयो ।
ग्रासरुट अभियानमार्फत एमालेलाई बागलुङमा पहिलो र सशक्त शक्तिका रूपमा स्थापित गरिने जिल्ला अध्यक्ष हिराबहादुर केसीले बताउनुभयो । अभियानले जिल्लामा जनसंगठनलाई समेत क्रियाशिल बनाएको केसीको भनाइ छ । अभियानमार्फत जनताको बीचमा पार्टी, कार्यकर्ता र जनता बीचको सम्वन्धलाई कसिलो बनाउने तथा पार्टी सदस्यता नवीकरण, विस्तारको साथै जनताका समस्या, गुनासा र अपेक्षाहरू समेत संकलन गरिने नेकपा एमाले बागलुङले जनाएको छ ।
सप्तरी
मिसन ग्रासरुटअन्तर्गत सप्तरी क्षेत्र नम्बर ३ को रूपनी गाउँपालिकाको वडा नम्बर २ मा शिवकुमार मण्डलको नेतृत्वमा १३ सदस्यीय वडा आयोजक संगठन कमिटी गठन भएको छ ।

कमिटीको सदस्यहरूमा सद्सतेज नारायण यादव, सिकेन्द्र मण्डल, राजलाल यादव, आशा देवी साह, रामानन्द चौधरी, श्रावण मंडल, उपेन्द्र प्रसाद साह, शिवनाथ मण्डल, कृष्ण यादव, शिवराम मन्डल, चन्द्रशेखर मण्डल र सुकृत चौधरी रहनुभएको छ ।
नव निर्वाचित आयोजक कमिटीलाई एमाले केन्द्रीय सदस्य तथा अभियानका लागि केन्द्रीय प्रतिनिधि संजीव कुमार झाले सपथ ग्रहण गराउनु भएको थियो । भेलामा नेता उमाशंकर अरगरीया, प्रदेश कमिटी सदस्य अशोक यादब लगायत नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।
तेह्रथुम
मिसन ग्रासरुट अभियानअन्तर्गत तेह्रथुमको लालिगँुरास नगरपालिका वडा नम्वर ६ सुङ्नाममा कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रीय सदस्य यज्ञराज सुनुवारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा नेताहरू अनुभूति बम नेपाली, कमला दर्नाल, सन्जय तुम्बाहाम्फे, दिलकिरण खजुम, कमल केसी, देबेन्द्र थापा, राम श्रीपाली, गणेश सेने, जेबि भुजेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
रसुवा
मिसन ग्रासरूट अभियानअन्तर्गत रसुवाको आमाछोदिन्मों गाउँपालिका वडा नं १ को नेकपा एमाले वडा कमिटीको बैठक हाकुमा सम्पन्न भएको छ । बैठकले वडा कमिटीमा रिक्त रहेका पदाधिकारीहरूमध्ये उपाध्यक्षमा कान्छि माया तामाङ र उपसचिवद्वयमा रमेश तामाङ स्यांबो र जय बहादुर तामाङलाई मानोनित गरेको छ ।

यस्तै, बैठकले कैसांग छोमो तामांगको अध्यक्षतामा अखिल नेपाल महिला संघ पनि गठन गरेको छ । बैठकले वडा स्तरीय कार्य योजना बनाई कार्यान्वयन को लागी मिति र जिम्मेवारी समेत निर्धारण गरेको छ ।















प्रतिक्रिया