
नेपालगञ्ज, ७ चैत । नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले हालै सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचनले एमालेको पक्षमा जनमत प्रकट भएको बताएका छन् ।
मिसन ग्रासरुट तथा राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा नेकपा (एमाले) बाँकेद्वारा मंगललबार नेपालगञ्जमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचमा लोकप्रिय मत एमालेलाई प्राप्त हुनु र अहिले देशभर एमालेनिकट विद्यार्थी संगठनले जित हासिल गर्नुले एमालेको पक्षमा जनमत बढिरहेको थप पुष्टि हुने बताएका हुन् ।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले पार्टी संगठनलाई गाउँ तहसम्म पुर्याउन मिसन ग्रासरुट सञ्चालन गरिएको बताए । यसबाट आगामी निर्वाचनमा एमाले बुहुमतसहित पहिलो प्रमुख पार्टी बन्ने धारणा उनको छ ।

यसैगरी पार्टीका पोलिटब्यूरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य सूर्य ढकाल, केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष किरण पोखरेलले चैत २७ देखि २९ गतेसम्म नेपालगञ्जमा हुने राष्ट्रिय युवा सङ्घको राष्ट्रिय अधिवेशन सफल पार्न आग्रह गरेका छन् ।
नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपतिको अध्यक्षतामा भएको कार्यक्रमले मिसन ग्रासरुट असभयान सफल पार्न लक्ष्य निर्धारण गरेको छ ।















प्रतिक्रिया