
नेपालगञ्ज, ७ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि आफ्नो पार्टी एमाले बलियो बन्न आवश्यक रहेको बताएका छन् ।
मिसन ग्रासरुट तथा राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा नेकपा (एमाले) बाँकेद्वारा मंगललबार नेपालगञ्जमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक विकास र समृद्धिका लागि एमाले बलियो शक्तिको रूपमा स्थापित हुन आवश्यक रहेको बताएका हुन् ।

महासचिव पोखरेलले विकास र समृद्धिका लागि राजनीतिक अस्थिरता प्रमुख समस्याको रूपमा देखिएको बताउँदै विकास र समृद्धिका लागि बलियो राजनीतिक शक्तिको आवश्यकता देखिएको र त्यसका लागि एमाले बलियो भएमात्र समृद्धि अनि विकासको सपना पूरा हुने दाबी गरे ।















प्रतिक्रिया