३० आश्विन २०८३, शुक्रबार

जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरूलाई एमालेको निर्देशन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । नेकपा एमालेले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरूलाई निर्देशन दिएको छ ।

पार्टीका उपमहासचिव विष्णु रिमालले जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिकास्तरीय कमिटीहरूलाई निर्देशन दिइएको जानकारी दिए ।

मिसन ग्रासरुट अभियानअन्तर्गत आज उपत्यका विशेष प्रदेश कमिटीले तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासल, ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यससम्बन्धी जानकारी दिएका हुन् ।

रिमालका अनुसार स्थानीय कमिटीहरूले चैतको २० गतेदेखि २५ गतेसम्म पाँच दिन जनसरोकारका विषयमा रिर्पोटिङ गर्ने र २५ गतेदेखि ३० गतेसम्म जिल्लाले उक्त विषयको रिर्पोट बनाउनुपर्ने छ ।

यसअन्तर्गत एमालेले सम्बन्धित क्षेत्रको पहिचान, पेशा र व्यवसायको अवस्था तथा पहिचान, भौतिक पूर्वाधारको अवस्था, किसानहरूले भोगिरहनुभएका समस्यालगायत धेरै विषयहरूमा तथ्य र तथ्याङ्क सङ्कलन गर्ने भएको छ ।