शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

ललितपुरमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइयो

दैनिक नेपाल २०७९ चैत ७ गते १७:२८

 

काठमाडौं, ७ चैत ।  ललितपुरमा हरेक बर्ष एउटा घोडा दौडाएर घोडे जात्रा मनाईन्छ ।

यसैगरी आज परम्परागत रुपमा एक्लो घोडा दौडाएर घोडे जात्रा सम्पन्न भएको छ ।

ललितपुरको भीमसेनस्थानमा नेपाली सेनाको क्याभलरीबाट एउटा घोडा पुर्‍याइन्छ ।

भीमसेन गुठीका सम्पूर्ण गुठियारले आवश्यक परम्परागत विधिपूर्वक पूजा गरी आजुहरूले चुनेका गुठियारमध्ये कुनै पनि व्यक्तिलाई घोडा चढाउनुका साथै घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको फूलमाला पहिर्‍याइ, टीका पूजा गरिन्छ । त्यस स्थानदेखि एकल घोडेजात्रा सुरु हुन्छ ।

पाटनको मूलचोकबाट सुरु भई बिभिन्न स्थान हुदै बालकुमारी परिक्रमा गरी फेरि भोल गणेश हुँदै बालकुमारीमै घोडायात्रा फर्किन्छ ।

जात्राको पछि–पछि सिमसिम राजाको प्रतीकका रूपमा गुठी संस्थानका एक कर्मचारीलाई तरवार बोकाउनुका साथै छाता ओढाई सम्पूर्ण गुठियारहरू जात्रामा सरिक हुने गरिन्छ । यसरी दुईपटकसम्म ओहोरदोहोर गरि तीनपटक परिक्रमा गरि यो जात्रा गरिन्छ ।

नगर परिक्रमापछि घोडचढीलाई गुठी संस्थानका प्रमुखले पान, सुपारी र दक्षिणा दिई विदावारी गरेपछि ललितपुरको एकल घोडजात्रा सम्पन्न हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित