३० आश्विन २०८३, शुक्रबार

अन्तरजातीय विवाह गर्ने स्याङ्जाका ८१ जोडीलाई सम्मान (फोटो फिचर)

11.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, ७ चैत । स्याङ्जामा अन्तरजातीय विवाह गरेका ८१ जोडीलाई सम्मान गरिएको छ ।

५८औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी स्याङ्जाले गरेको ‘अन्तरजातीय विवाहित जोडी सम्मान कार्यक्रम’मार्फत उनीहरूलाई सम्मान गरिएको हो ।

जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा नेकपा एमालेकी सचिव एवम् पूर्वमन्त्री पद्मा कुमारी अर्यालले उनीहरूलाई सम्मानपत्र प्रदान गरी खादा लगाएर सम्मान गरेकी हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेत्री अर्यालले समाजमा अहिले चलिरहेको जातीय मुक्ति आन्दोलन वर्गीय मुक्ति आन्दोलनको अभिन्न अङ्ग भएको बताइन् । दिवसको सान्दर्भिकताबारे चर्चा गर्दै उनले यी दुवै प्रकृतिका आन्दोलन लगातार रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएकी छिन् ।

‘जातीय मुक्ति आन्दोलन, वर्गीय मुक्ति आन्दोलनको अभिन्न अङ्ग हो । त्यसैले लगातार रूपमा अगाडि बढ्नु आवश्यक छ, एमाले सचिव अर्यालले भनिन्, ‘नेपालमा सबै भन्दा उत्पिडीत जाती दलित हो । दलितमाथिको विभेद सामन्तवादको अन्त्यबाट मात्र सम्भव थियो, संविधान, कानुन, प्रतिनिधित्व र चेतनाबाट सम्भव थियो, हामी त्यही दिशामा अगाडि बढ्यौँ र बढिरहेका छौँ ।’

समाज क्रमिक रुपमा अगाडि बढिरहेको र चेतना पनि उन्नत बन्दै गएको चर्चा गर्दै अर्यालले भनिन्, ‘दासत्व त्यतिबेलासम्म रहन्छ, जुन बेलासम्म आफू दास भएका मानिसले आफू दास भएको पत्तै पाउँदैन वा आफ्नो अस्तित्व चिन्न सक्दैन ।

कार्यक्रममा एमालेका केन्द्रीय सल्लाहकार सदस्य टेकु नेपाली, जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे, प्रदेश उपाध्यक्ष मोहन रेग्मी, प्रदेश सदस्य धनमाया विक, जिल्ला सदस्य महेश पुरी, तिलक विक, सुवास खाती, दीपक विक, मेख प्रमेश, कमला मरासिनी, शान्तिदेवी गौतम, ओम खड्कालगायतका नेताहरुको उपस्थिति थियो ।

हेर्नुहोस् तस्वीरहरू