२ कार्तिक २०८३, सोमबार

दलित समुदायहरुले सयौं बर्षसम्म सम्झनेगरी छिट्टै केही घोषणा गर्दैछु: प्रधानमन्त्री प्रचण्ड

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभेद, ज्यादती र उत्पीडनमा परेको दलित समुदायको हकअधिकार स्थापीत गर्नका लागि आफूले बाहेक कसैले पहल नगर्ने दाबी गरेका छन् ।

५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा मूल आयोजक समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जातीय भेदभावमा परेका समुदायहरुको हक अधिकार स्थापीतका लागि आफूले बाहेक अरु कसैले केही गर्न नसक्ने दाबी गरेका हुन् ।

उनले दलित समुदायहरुले सयौं बर्षसम्म सम्झनेगरी छिटै केही घोषणा गर्न लागेको जानकारी पनि दिए । प्रधानमन्त्री प्रचण्डले उत्पीडित वर्गहरुले आफ्नो अधिकार भिख मागेर नभई संघर्षद्वारा प्राप्त गर्नुपर्नेमा जोड दिए ।

राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार एवं सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक समानताको आधारशिला खडा गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ ।

यसका निम्ति कानुन निर्माण, संशोधन एवं व्यवस्थाकीय पक्षहरूमा सुधारका खेल्नुपर्ने भूमिकाका लागि सरकार प्रतिवद्ध रहेको उनले बताए ।