शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रचण्ड परिवारले सहिदको रगतमाथि मस्ती गरे: डा. केसी

दैनिक नेपाल २०७९ चैत ७ गते १६:०४

काठमाडौं, ७ चैत । राजनीतिक विश्लेषक सुरेन्द्र केसीले प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ परिवारले सहिदको रगतमा मस्ती गरेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादको अपरिहार्यता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रचण्ड परिवारले अरुको रगतमा मस्ती गरेको आरोप लगाएका हुन् ।

‘लड्ने तपाईहरु, रगत बगाउने धमेन्द्र वास्तोला, सिपी गजुरलेहरु, मस्तिमार्ने प्रचण्ड र उनकी छोरी बुहारी ?’।

‘तपाई यहाँ मन्त्री बन्न दौरा सुरुवाल सिलाउने अनि हामीले मनुपर्ने तिनको लागि ?,’ भन्दै प्रश्न समेत गरे । ‘युद्धमा भाई छोरालाई लड्न पठाएर दिदिबहिनीलाई यौनको बजारमा धकेलेर तपाई यहाँ मन्त्री बन्न दौरा सुरुवाल सिउने अनि हामीले मर्नुपर्ने ? कामरेड प्रचण्डले यो चोटी दौरा सुरुवाल लगाएर हेर्नुस त उहाँको मुहारमा कस्तो मुस्कान छ ?,’ केसीले भने ।

उनले प्रचण्डले पद र प्रतिष्ठाको लागि स्वार्थ बोकेको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित