शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

लिटिल बड स्कुलले मनायो २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस (फोटो फिचर)

दैनिक नेपाल २०७९ चैत ७ गते १५:३६

काठमाडौं, ६ चैत । काठमाडौंको जोरपाटीस्थित लिटिल बड इङ्गलिस मिडियम स्कुलले आफ्नो २६औँ वार्षिकोत्सव मनाएको छ ।

शनिबार ‘२६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०७९’ विशेष समारोह आयोजना गरी विद्यालयले वार्षिकोत्सव मनाएको हो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा ज्येष्ठ अभिभावक, शिक्षासेवी, विद्यालयका पूर्वप्रधानाध्यापक र पूर्वप्रबन्ध निर्देशकलगायतलाई अभिनन्दन तथा कदर गरेर सम्मान प्रकट गरिएको थियो ।

विद्यालयका निर्देशक नारद खड्काले दिएको जानकारी अनुसार ज्येष्ठ अभिभावक महिलातर्फ असली डोल्मा लामा र पुरुषतर्फ रमेश विष्टलाई अभिनन्दन तथा कदर प्रदान गरिएको थियो । यस्तै, शिक्षासेवी राम रिसाल र एल्मिरा भट्ट रिसाल तथा विद्यालयका पूर्वप्रधानाध्यापक शोभा श्रेष्ठ र पूर्वप्रबन्ध सञ्चालक छुकुतेम्बा शेपालाई पनि अभिनन्दन गरिएको जानकारी खड्काले दिएका छन् ।

यसैगरी विद्यालयको विशेष समारोहमा सहभागी अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) रूपेन्द्र पोख्रेलले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समारोहमा विद्यार्थीहरूले गीत, नृत्य र रोचक मन्तव्यलगायत आफ्नो प्रतिभा प्रदर्शन गरेर आफ्ना अभिभावकहरूलाई मनोरञ्जन प्रदान गर्नाका साथै भाषणकलालगायत प्रस्तुततिले मन्त्रमुघ्ध पारेका थिए । आफ्ना बालबालिकाका सृजनात्मक कला हेरेर उपस्थित अभिभावकहरूले खुसी व्यक्त गरे भने आफ्ना बालबालिकाको कलालाई उजागर गराएकोमा विद्यालयलाई धन्यवाद समेत दिएका थिए ।

साथै हास्य कलाकार सुमन कार्कीले एकल प्रहसन प्रस्तुत गरेका थिए ।

समारोहमा प्रमुख अतिथि एवम् गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामा, जिल्ला प्याब्सन काठाडौंका वरिष्ठ उपाध्यक्ष नवराज भट्ट, गोकर्णेशवर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत टेकेन्द्र ढकाल र गोर्णेश्वर नगर प्याब्सनका अध्यक्ष दुर्गानाथ सिवाकोटीलगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

औपचारिक समारोहमा विद्यार्थीका तर्फबाट कक्षा १ मा अध्ययनरत विद्यार्थी रिम्सा मगर र सञ्चालकका तर्फबाट निर्देशक नारद खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै, अनौपचारिक कार्यक्रमको स्वागत विद्यालयमा कक्षा ५ मा अध्ययनरत विद्यार्थी जेसिका सुनुवार र स्वागत नृत्य विद्यालयका शिक्षिकाहरूले गरेका थिए ।

यसैगरी, विद्यार्थीको तर्फबाट कक्षा १० की छात्रा ग्याल्मो थिङ र विद्यालय सञ्चालक समितिका अध्यक्ष पदमध्वज कार्कीले समारोहमा विदाइ तथा धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयका सञ्चालकहरू ओमबहादुर खत्री, ऋषि भण्डारी, उमेश खड्का, सिताराम भट्टराई, शोभाकुमारी भट्टराई, सकुन्तला बस्नेत, रमा श्रेष्ठ र मिलन खड्काको उपस्थिति थियो ।

समारोहमा विद्यालयका प्लस–टू प्रोग्राम संयोजक गणेश अधिकारी, विद्यालयका इञ्चार्ज प्रकाश कार्की, परीक्षा संयोजक राजकुमार विक, अतिरिक्त क्रियाकलाप संयोजक बिवेक क्षेत्री, प्रि–स्कुल इञ्चार्ज माया तिम्सिनालगायत विद्यालयका शिक्षक–शिक्षिका, कर्मचारीहरू र विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो ।

विद्यालयद्वारा आयोजित विशेष समारोहको सञ्चालन विद्यालयकी सहायक प्रधानाध्यापक शर्मिला महर्जनले गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित