२८ आश्विन २०८३, बुधबार

गायक राजकुमार सिंहको ‘बलेको आगो-२’ म्यूजिक भिडियो सार्वजनिक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत ।  लन्डन : गायक राजकुमार सिंहको ‘बलेको आगो-२’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बेलायतका बिभिन्न रमणीय स्थलमा छायांकन भएको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रभु गुरुङले गरेका हुन् ।

गुरुङको निर्देशन रहेको उक्त गीतको म्यूजिक भिडियो आरडीआर इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।

प्रेम र मिलनमा आधारित यस गीतको म्यूजिक भिडियोमा रोशन बस्नेत, निश्मा बन र दुर्गा सिंहले अभिनय गरेका छन् ।

राजकुमार सिंहको स्वर, सुनिल राईको संगीत संयोजन छ भने लक्ष्मी बर्देवाको शब्द छ।