३० आश्विन २०८३, शुक्रबार

नेकपा एसले खोज्यो सरकारमा हिस्सेदारी, प्याकेजमै सहमति हुनुपर्ने शर्त

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुन सकारात्मक देखिएको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा सरकारमा सहभागी हुनेबारे सकारात्मक छलफल भएको नेता झलनाथ खनालले बताए ।

उनले सत्ता बाडँफाटबारे प्याकेजमै सहमति जोखिनु पर्नेबारे बैठकमा छलफल भएको जानकारी दिएका छन् । तर, अहिले नै सरकामा सहभागी हुनेबारे ठोस निर्णय नभएको उनको भनाइ छ ।

‘सरकारमा के नीति कार्यक्रमका साथ जाने ? हाम्रो पार्टीको निम्ति के कति हिस्सेदारी हुन्छ ? सबै कुराको टुंगो लागेपछि मात्रै हामी सरकारमा जाने निर्णय गर्छौँ । त्यसका लागि अध्यक्षज्यूको नेतृत्वको टीमले कुराकानी गर्छ । त्यो प्याकेजअनुसार हामी निर्णय गर्छौं,’ खनालले भने ।

उनले पार्टीबाट सरकारमा कसको नेतृत्व र कुन मन्त्रालयका साथ सहभागी हुने भन्नेबारे निर्णय ठोस छलफल पछि गरिने बतए ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको नेकपा एसले सरकारमा पार्टीको सहभागितालगायत विषयमा छलफल थालेको हो ।