२ कार्तिक २०८३, सोमबार

मंगलबार बढ्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार यसअघि गत आइतबार मूल्यमा ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य सोमबार केही घटेकोमा आज फेरि बढेको हो ।

आज सुनको मूल्य तोलामा पाँचसयले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार आज चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदी तोलामा १९ रूपैयाँले बढ्दै प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।