२ कार्तिक २०८३, सोमबार

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज मंगलबार सामाजिक संजालमार्फत प्रधानमन्त्रीले जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरूद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि सबैलाई अपील गरेका छन् ।

उनले लेखेका छन् ‘जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरूद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि अपील गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।’