शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वाभाविक हो, विश्वासको मत अन्यथा होइन : सुवास नेम्वाङ

दैनिक नेपाल २०७९ चैत ६ गते २१:१९

काठमाडौं, ६ चैत । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वाभाविक भएको बताएका छन् ।

आज सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले आफू संसदीय मूल्य मान्यतामा विश्वास गर्ने भएकाले संसदीय प्रणाली र लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वाभाविक भएको बताएका हुन् ।

उनले प्रधानमन्त्रीको विश्वासको मतलाई हार्दिकता र सामान्य रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित